नियम १४९
आर्थिक प्रस्ताव खोल्ने
(१) मूल्याड्ढन समितिले आर्थिक प्रस्तावको खाम खोल्दा
प्रस्तावदाता वा निजको प्रतिनिधिको उपस्थितिमा खोल्नु पर्नेछ ।
तर प्रस्तावदाता वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले आर्थिक प्रस्ताव
खोल्न बाधा पर्ने छैन ।
(२) उपनियम (१) बमोजिम आर्थिक प्रस्तावको खाम खोले पछि मूल्याड्ढन
समितिले प्रस्तावदाताको नाम, निजले प्राविधिक प्रस्तावमा प्राप्त गरेको अड्ढ र आर्थिक
प्रस्तावमा प्रस्ताव गरेको सेवा शुल्क पढेर सुनाई देहाय बमोजिमको मुचुल्का तयार
गर्नु पर्नेछ ः—
(क) प्रस्तावदाताको नाम र ठेगाना,
(ख) प्रस्तावित सेवा शुल्क,
(ग) प्रस्तावित सेवा शुल्कमा कुनै छुट दिन प्रस्ताव गरिएको भए सोको
व्यहोरा,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
ज्ञद्दड
(घ) अड्ढ र अक्षरका बीच भिन्नता भए सो भिन्नताको विवरण,
(ङ) आर्थिक प्रस्तावमा प्रस्तावदाता वा निजको प्रतिनिधिको हस्ताक्षर भए
नभएको,
(च) आर्थिक प्रस्तावमा कुनै कुरा वा व्यहोरा केरमेट गरेको भए सो ठाउ“मा
प्रस्तावदाता वा निजको प्रतिनिधिले हस्ताक्षर गरे नगरेको तथा केरमेट
गरेको रकम र व्यहोरा,
(छ) स्थानीय निकायले उपयुक्त ठानेको अन्य आवश्यक कुराहरु ।